पोखराको सेदीमा १ अर्बको ‘दोर्जे रिर्सोट’

पाेखरा | असार ३, २०८०

पोखराको सेदीमा १ अर्बको ‘दोर्जे रिर्सोट’ PHOTO: SAGAR TIMILSINA

पोखरा:  पोखरा महानगरपालिका १८ स्थित अन्नपुर्ण केबलकारको नजिक ३१ रोपनीमा १३ भिल्लासहित दोर्ज रिसोर्ट एण्ड स्पा सञ्चालनको तयारी छ ।

 

नेपाली परम्परा र आधुनिक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा निर्मित दोर्जे रिर्सोट एण्ड स्पा यही महिनाको पहिलो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको सञ्चालक दोर्जे तामाङले बताए । 

 

उनका अुनसार जग्गासहित करिब १ अर्बको लागतमा उक्त रिसोर्ट निर्माण गरिएको हो ।

 

उनले नयाँ अवधारणा अनुसार बनाइएको कारण पर्यटक भित्रिने अपेक्षा लिइएको छ ।

 

उक्त रिर्सोटमा हाल २३ वटा कोठा छन् । जसमा १९ डिलक्स र ४ वटा सुइट रुम छन् । अन्तिमसम्म ३१ वटा रुप तयार तामाङले बताए ।

 

यस्तै रिर्सोटमा जिम हल, सेमिनार हल, स्विमिङ पुल, स्पा, ज्याकुजी, आफ्नै फार्म हाउस लगायतका सेवाहरु छन् । आन्तरिक पर्यटकका लागि प्रतिदिन कोठाको शुल्क २५ हजारबाट सुरु हुने उनले बताए ।

 

यस्तै विदेशीका लागि भने २ सय ५० डलर देखि ७ सय डलरसम्म निर्धारण गरिएको छ ।

कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ ।   बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।  नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वा...

थप पढ्नुहोस्

पोखरा:  नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ ।  यही २७ र २८ पुसका लागि म...

थप पढ्नुहोस्